Logo

सुरक्षा/अपराध

आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ



बैतडी,आफ्नै ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको र उनका बुबा ७० वर्षीय मन्धिर चन्दलाई समेत कुटपिट गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार  ५ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।