राष्ट्रिय स्तरका विकास बैंकहरुमा ऋण लगानी बढेपनि निक्षेप घट्दै जान थालेको छ । भदौ लागेपछि विकास बैंकहरुको ऋणमा सुधार आएपनि निक्षेप ०.४२ प्रतिशतले घटेको हो । ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अनुसार भदौ ५ गते ४ खर्ब १६ अर्ब ४५ करोड रुपैयाँ रहेको निक्षेप ११ गते पुग्दा एक अर्ब ७३ करोड ३० लाख रुपैयाँले घटेर ४ खर्ब १४ अर्ब ७१ करोड ७८ लाख रुपैयाँमा आएको छ । राष्ट्रिय स्तरका ८ विकास बैकको हो ।
राष्ट्रियस्तरका ८ विकास बैंकले १ सातामा ऋण लगानी ०.५४ प्रतिशतले बढाएका छन् । यो अवधिमा ऋण एक अर्ब ९५ करोड रुपैयाँले बढेर ३ खर्ब ६२ अर्ब ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै क्षेत्रीयस्तरका विकास बैंकहरुको पनि निक्षेप ५० करोड रुपैयाँले घटेको छ । अहिले कुल निक्षेप ७२ अर्ब ४२ करोड रुपैयाँ निक्षेप रहेको बैंकर्स एशोसिएसनले जनाएको छ । ७ वटा क्षेत्रीयस्तरका विकास बैंकले ऋण भने ४९ करोड ६१ लाख रुपैयाँले बढाएर ६६ अर्ब ८० करोड रुपैयाँ पुर्याएका छन् ।
सबैं विकास बैंकहरुको निक्षेप २ अर्ब २३ करोड रुपैयाँले घटेको छ भने ऋण २ अर्ब ४४ करोडले बढेको छ । अहिले निक्षेप र ऋणको अवस्था बाणिज्य बैंकहरुमा पनि यस्तै रहेको एक बैंकरले बताए ।





















प्रतिक्रिया