Logo

अर्थ

लुम्बिनी विकास बैंकको ४ लाख ९५ हजार कित्ता भन्दा बढी संस्थापक शेयर लिलामीमा



लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा खुला भएको छ । बैंकका एक संस्थापकले शेयर बिक्री गर्न चाहेपछि पहिलो पटक संस्थापकहरुका लागि शेयर लिलामीमा खुला गरिएको हो ।

हाल कायम संस्थापक शेयरधनीहरुले लिलामीमा सहभागीता जनाउन सक्नेछन् । पहिलो चरणमा संस्थापकहरुले खरिद नगरेको वा पर्याप्त आवेदन नपरेको खण्डमा भने सर्वसाधारणहरुका लागि लिलामीमा खुला हुनेछ ।

बैंकका अनुसार ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक शेयर विक्री गरिदैछ । हाल कायम शेयरधनीहरुले आफूले हाल्न सक्ने मूल्य खुलाएर लिलामीमा सहभागी हुनुपर्नेछ । यसका लागि बैंकले ३५ दिनको समयसीमा दिएको छ ।

लिलामीमा सहभागी हुन चाहनेहरुले बिहीबारदेखि ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा लिखित निवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १२:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।