Logo

अर्थ

सिटिजन लाइफको सबै सूचकमा सुधार, बीमा शुल्क आर्जन ८० प्रतिशतले बृद्धि



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा सबै सूचकमा सुधार गरेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ८१ प्रतिशत र कुल बीमा शुल्क आर्जन ८० प्रतिशतले बढेको छ ।

कम्पनीले खुद बीमा शुल्क आर्जन ३ अर्ब ३४ करोड रुपैयाँ आर्जन गर्दा कुल बीमा शुल्क आर्जन भने ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । यतिखेर कम्पनीले दिर्घकालिन लगानी तथा कर्जा १८ प्रतिशतले बढाएर ४ अर्ब ६ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

बीमालेख धितोमा राखेर मात्रै बीमितले २७ करोड १२ लाख रुपैयाँ कर्जा लिएका छन् । बीमितले बीमालेख धितोमा राखेर प्राप्त गर्ने बीमालेख धितो कर्जा १६३ प्रतिशलते बढाउन सफल भएको कम्पनीले जनाएको छ ।

विभिन्न क्षेत्रमा गरिएको कर्जा लगानी तथा आय पनि ८५.९९ प्रतिशतले बढेको छ । यस्तो आर्जन ३२ करोड १९ लाख रुपैयाँ रहेको छ । खुद दाबी भुक्तानी पनि ३३८ प्रतिशतले बढेको छ । बीमितिले ५३ करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी प्राप्त गरेका छन् ।

अभिकर्ताहरुले प्राप्त गर्ने कमिसन पनि यस वर्ष ७५ प्रतिशतले बढेको छ । अभिकर्ताहरुले गत वर्ष ६२ करोड ९४ लाख रुपैयाँ बुझेका छन् । कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले यसै वर्ष प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्ने प्रकृया अगाडि बढाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १४:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।