अमेकिामा आएको समुद्री आँधी आइडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्युजर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।
गभर्नर फिल मर्फीका अनुसार मृत्यु हुनेमा अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका व्यक्ति बाढीमा परेका थिए । अधिकारीहरुले मृतकको सङ्ख्या अझ तिब्रगतिले बढ्न सक्ने बताएका छन् ।
आँधीपछि आएको भारी वर्षाका कारण पूर्वी राज्यहरु , पेन्सिलभेनिया र भर्जिनिया,कनेन्टिकट, मेरिल्यान्ड, न्यू जर्सी, न्युयोर्कमा दर्जनौँले ज्यान गुमाउनु परेको खबर छ । न्युयोर्क र न्युजर्सीमा आएको वर्षका कारण मानिसहरु आफ्नो घरको बेसमेन्ट र कारमा नै फसीरहेकाका छन् ।
न्युयोर्क सहरमा मात्र ३ जना नेपालीसहित १४ जनाले ज्यान गुमाएका छन् ।अमेरिकाको न्युयोर्कमा आएको आइडा नामक आँधी र वर्षाका कारण आएको बाढीमा परी ३ जना नेपालीको मृत्यु भएको खबर छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्लाका दूधकुण्ड नगरपालिका–२ जुनबेँसी घर भई हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् ।





















प्रतिक्रिया