Logo

अर्थ

बर्जर पेन्ट्सको ‘बर्जर फेस्टिभ राइड’ योजना सार्वजनिक, बम्पर उपहारमा यामाहा मोटरसाइकल



बर्जर पेन्ट्सले चाडपर्वलाई लक्षित गर्दै ‘बर्जर फेस्टिभ राइड’ योजना सार्वजनिक गरेको छ । कम्पनीले भदौ १५ गतेदेखि लागू हुने गरी यो योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्राण्डहरुको खरीदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट् पक्का उपहार प्राप्त गर्नेछन् । यसमा एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफ जेड २५ मोटरसाइकल जित्ने कम्पनीले जनाएको छ ।

अन्य उपहारहरु एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कूटर, २ जनालाई सामसुङ्ग एस २१ मोबाइल र ५० जनालाई सामसुङ्ग एम ०२ एस मोबाइलहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै योजनामा उपभोक्ताहरुले रँगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेबसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगीतामा सहभागीता जनाउन सक्नेछन् । यसरी सहभागी भएका प्रतियोगीहरु मध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो योजना बर्जर ब्राण्डका वेदरकोट लङ्ग लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट एन्टि डस्ट, वेदरकोट च्याम्प, सिल्क ब्रेथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरुी र इजी क्लिन रेन्जको उत्पादनहरु खरीद गर्दा लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १२:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।