Logo

अर्थ

कामना सेवा र सोल्टी होटलबीच व्यवसायिक सम्झौता, ग्राहकले पाउने भए १० प्रतिशत छुट



राष्ट्रिय स्तरको विकास बैंकहरुमा अग्रणि मानिएको कामना सेवा विकास बैंकले सोल्टी होटलसँग व्यवसायिक सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले सोल्टी होटलमा सेवा लिएबापत १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

मंगलबार बैंक र होटलबीच छुटसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकका कर्मचारी तथा ग्राहकलाई काठमाडौंको ताहचलस्थित सोल्टी होटलका साथै नेपालगञ्जमा रहेको सोल्टी वेस्टर्न प्रिमियर होटलमा पनि छुट प्राप्त हुनेछ ।

हाल बैंकका मुलुकभर १२९ वटा शाखा रहेका छन् भने एउटा एक्सटेन्सन काउन्टर र ७५ वटा एटीएम बुथ सञ्चालनमा छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १४:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।