Logo

अर्थ

आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने



कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भाद्र २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।

कोरोना संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको जनाएको छ । त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

कम्पनीले विगतमा झैं आगामी दिनमा पनि मनकामना जाने यात्रु तथा भक्तजनहरुको साथ र सद्भावको समेत अपेक्षा गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १४:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।