Logo

अर्थ

नेप्सेमा मुक्तिनाथ डिबेन्चर २०८४/८५ सूचिकृत



मुक्तिनाथ विकास बैंकको २०८४र८५ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचिमा परेको छ ।

नेपाल स्टक एक्सचेञ्ज र बैंकका बीच ८।७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथको ऋणपत्र (डिबेन्चर) २०८४र८५ को क्रम संख्या १ देखि १२ लाख ५० हजारसम्मको अंकित तथा चुक्ता मूल्य १ हजार कायम भएको कुल १२ लाख ५० हजार कित्ता थान डिबेन्चरको सूचिकरण गर्ने सम्झौता भएको छ ।

बैंकले सानिमा क्यापिटलमार्फत ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको भदौ १५ गतेको निर्णयानुसार सूचिकरण भएको हो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १५:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।