स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण हुने संख्या बढिरहेको छ ं। पछिल्लो २४ घण्टामा १७५६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । सोही समयमा २२७४ जना भने संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको जानकारी दिनु भ्रएको छ । यससँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको कुल जनसंख्या १० हजार ८०९ पुगेको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुष्टि भएको छ। संक्रमित मध्ये अहिले सम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् । हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित भएका छन् भने निको हुने दर ९४।३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
।




















प्रतिक्रिया