बैंक अफ काठमाण्डूले ग्राहकहरुलाई लक्षित गर्दै कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको अवसरमा फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगद फिर्ता गर्ने योजना ल्याएको छ ।
यस योजना अन्तरगत ग्राहकहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा रु.५०० सम्मको नगद फिर्ता दिइनेछ ।
ग्राहकहरुले नगद फिर्ता योजनामा सहभागि हुनको लागि अनलाइन अडर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्गको मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत अनलाइन कारोबार गर्नुपर्ने हुन्छ । यस नगद फिर्ता योजना २०७८ साल भदौ २० गते देखी २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ ।
नगद फिर्ता योजनामा सहभागि पश्चात् प्रयोगकर्ताहरुले कारोबार गरेको मूल्यको २५ प्रतिशत वा रु.५०० सम्मको नगदफिर्ता कारोबार गरेको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहकहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्ने बैकले जनाएको छ ।





















प्रतिक्रिया