Logo

अर्थ

आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । केन्द्रीय कार्यलय विभागले आजको विनिमय दर एक अमेरिकी डलरको बिक्री दर एक सय सत्र रुपैयाँ चौध पैशा ९११७।१४ण् तोकेको छ भने डलरको क्र्रय मूल्य एक सय सोह रुपैयाँ चौवन्न पैशा ९११६।५४ण् रुपैयाँ कायम गरिएको बैंकले जनाएको छ ।

आज एक युरोको बिक्री एक सय उन्चालिस रुपैयाँ, बिस पैशा९ १३९।२० ण् भइरहँदा खरिद १३८।४८ रुपैयाँ, पाउण्डको बिक्री १६२।४३ र खरिद १६१।६० रुपैयाँमा भइरहेको छ । एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री ८७।३७ र खरिद ८६।९३ रुपैयाँ, १० जापानी येनको १०।६७ बिक्री र १०।६२ खरिद दर तोकिएको छ ।

यस्तै, साउदी अरेबियन रियालको बिक्री ३१।२३ रुपैयाँ तथा खरिद ३१।०७ रुपैयाँ कायम भएको बैंकले बताएको छ । कतार रियालको बिक्री दर ३२।१७ र खरिद दर ३२ रुपैयाँ, संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३१।८९ र खरिद दर ३१।७३ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८।२५ र खरिद २८।११ रुपैयाँ कायम भएको छ ।

यसैगरी, १०० कोरियन वनको बिक्री १०।१४ रुपैयाँ र खरिद १०।०८ र हङकङ डलरको बिक्री १५।०७ रुपैयाँमा हुँदा खरिद १५ रुपैयाँमा भइरहेको बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार ११:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।