Logo

प्रमुख समाचार

मेलम्ची खानेपानिको पुन र्निर्माण योजना



मेलम्चीको पुन निमार्ण कार्य सुरु हुने भएको छ । भारी बर्षाका कारण अवरुद्द भएको मेलम्ची पानीमा अब भने सफा पानी बग्न थालेको छ । मेलम्चीको पानी सफा हुन अझै एक÷दुई महिना लाग्ने अनुमान गरिएको छ । हाल मेलम्चीमा लेदो पानी नै बगिरहेको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीमा बाढीपहिरोको जोखिम कायमै रहेकाले तत्काल काम सुरु गर्न सम्भव नरहेको बताउनुभयो । आयोजनाले चैतदेखि काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने गरी कार्ययोजनाको छ । सो को योजना खानेपानी मन्त्रालयमा पेश गरीसकेको छ । पन्तले बाढीपहिरोले क्षतिग्रस्त बनेको आयोजनाबाट सरकारका सबै निकायको सहयोग प्राप्त भएमा छिटै अस्थायी रूपमा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यकामा प्र्याईन कार्ययोजना तयार पारिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काम अगाडि बढाउन सहकार्य हुन सक्ने निकायहरू तथा आवश्यक बजेटलगायतको विषयमा कार्ययोजनामा स्पष्ट व्यवस्था गरिएको छ । सो कार्ययोजना मन्त्रिपरिषद्बाट सहमती भएको अवस्थामा आयोजनाका कार्य सुरु गर्न सजिलो हुने बताए । सो आयोजनाको पुनः सञ्चालनमा ल्याउन करिब दुई अर्ब रुपियाँभन्दा बढी खर्च हुन सक्ने अनुमान गरिएको छ ।

पानी वितरण कार्य पुनः सञ्चालनमा ल्याउन आयोजनाले मात्रै काम गरेर हँदैन । यसमा नेपाली सेना, सडक विभागलगायत सम्बन्धित सबै निकायको सहयोग आवश्यक छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।