Logo

प्रमुख समाचार

दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिल कार्यालयले सोमबार उनीविरुद्ध अभियोग दायर गरेको हो ।

जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताका अनुसार प्रसाईंमाथि विद्युतीय माध्यममार्फत दिएका अभिव्यक्ति र गतिविधिसम्बन्धी विषयलाई लिएर मुद्दा दर्ता गरिएको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गरिएको थियो ।

विभिन्न युट्युब च्यानल र वीरगन्ज पुगेपछि प्रसाईंले दिएका अभिव्यक्तिलाई प्रहरीले अनुसन्धानको आधार बनाएको छ ।

सरकार, राजनीतिक दल र राज्य संयन्त्रमाथि आक्रामक अभिव्यक्ति दिँदै आएका उनलाई प्रहरीले विभिन्न प्रकरणमा पटक–पटक नियन्त्रणमा लिँदै आएको छ ।

त्यस्तै सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले अश्लील टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार १५:०९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।