Logo

अर्थ

शेयर बजारका समस्या सुल्झाउन अर्थमन्त्री शर्माले दिए राष्ट्र बैंकलाई निर्देशन



अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा देखिएको समस्या सुल्झाउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । पूँजी बजारमा तनावपूर्ण अवस्था देखिएपछि परिस्थिति सहज बनाउन आग्रह गर्दै अर्थमन्त्री शर्माले कहाँ के सुधार गर्नुपर्ने हो ? त्यसलाई सम्बोधन गरेर समस्या समाधान गर्न गभर्नर अधिकारीलाई निर्देशन दिएका हुन् ।

अर्थमन्त्री शर्माले आज टेलिफोन संवाद गरी अधिकारीसँग कुरा गर्दै पूँजी बजारमा देखिएको पछिल्लो समस्या समाधान गर्न जोड दिएका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सातामै झण्डै २०० अंकले घटेको छ । लगानीकर्ताहरु संगठित भई आन्दोलनमै उत्रिएका छन् भने उनिहरुले तत्काल पुँजी बजार सुधार गर्ने नल्याए गभर्नर अधिकारीको राजिनामासमेत माग गरेका छन् ।

गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको अर्थमन्त्री शर्माको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १४:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।