नेपालका लागि सुजुकीको आधिकारिक विक्रेता सीजी होल्डिङ्गसको सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । नजिकिंदो चाडपर्वलाई लक्षित गरी कम्पनीले यो योजना सार्वजनिक गरेको हो ।
सदा झै यस बर्ष पनि दशैंतिहारको अवसर पारेर ग्राहकरुलाई सुजुकीले पर्वोत्सव अफर ल्याएर २ लाख रुपियाँ बराबरको नगद छुट दिने जनाएको छ । त्यस्तै ग्राहकले १ लाख पचास हजार रुपियाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपियाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउनेछन् । साथै क्लियरेन्स मोडेलमा विशेष छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् ।





















प्रतिक्रिया