नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ हजार र चाँदी ३० रुपैयाँले घटेको हो ।
बुधबार ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार १ हजार रुपैयाँले घटेर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ
प्रतिक्रिया