Logo

बैंकिङ

८.७५ % प्राइम डिवेन्चर (ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत



यस प्राइम कमर्सियल बैंंक लिमिटेडले निष्काशन गरेको ८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति थान रु. १०००:– को दरले हुन आउने रु.२,४४,७९,६३,०००:– (अक्षरुपी दुई अर्ब चौवालिस करोड उनानअसि त्रिसठ्ठी हजार रुपैँया) बराबरको २४,४७,९६३ थान डिवेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो ।

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १८:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।