Logo

अर्थ

युनिलिभरले प्रति कित्ता ६५० रुपैंयाँको दरले लाभांश वितरण गर्ने



युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७७र७८ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले प्रतिकित्ता ६५० रुपैयाँका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आफ्ना लगानीकर्ताका लागि लाभांश घोषणा गरेको जनाएको छ । कम्पनीको संचालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्ने प्रावधान छ ।

नगद लाभांशका लागि कम्पनीले यही असोज २५ गते बुक क्लोज हुने जनाएको छ । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश दिएको थियो ।

आजको दिनमा कम्पनीको प्रतिकित्ता सेयर २० हजार २८७ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार ११:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।