Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको लिलामीमा रहेको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन



मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर सम्बन्धि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । साउन १९ गतेदेखि लिलामी प्रक्रिया थालिएको बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर भदौ २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने समयसिमा तोकिएको छ ।

प्रतिकित्ता रू. ३२५ तोकिएको संस्थापक शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २३ गते बिहान ११ बजे विक्री प्रबन्धकको कार्यालय कमलादी, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको बुझिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार १२:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।