विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक दिने योजना ल्याएको छ । इसेवाले बीमा शुल्क भुक्तानी गर्दा बिमितहरूलाई बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यासब्याक दिने योजना ल्याएको हो ।
इसेवाले बम्पर उपहारमा गोलाप्रथाद्वारा आइफोन १२ जित्न सकिने जनाएको छ । योजनामा सहभागी हुन आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्नेछ । यो योजना कात्तिक मसान्तसम्म संचालन हुनेछ ।
कम्पनीले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु संचाजन गर्दै आएको जनाएको छ । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट रहेका छन् भने इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।
इसेवाले इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतका शुल्क भुक्तानी गर्न सकिने जनाएको छ ।





















प्रतिक्रिया