विकास बैंकहरूले तरलता अभावका बीचपनि ऋण लगानी बढाएका छन् । बैंकहरुले पछिल्लो एक सातामा ३ अर्ब ७३ करोड रुपैंयाँ ऋण प्रवाह गरिरकेका छन् ।
विकास बैंकहरुले भदौ १२ देखि १८ सम्म (एक साता)मा कर्जा प्रवाह ३ अर्ब ७३ करोड ८६ लाख ५० हजार रुपैंयाँ ऋण लगानी गरेका छन् । यो तथ्यांकमा कर्पोरेट डेभलपेमन्ट बैंक, साहारा विकास बैंक र साल्पा विकास बैंकको वित्तीय विवरण समावेश नभएको डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले जनाएको छ ।
एशोसिएसनका अनुसार १५ वटा विकास बैंकहरूले १८ भदौसम्म ४ खर्ब ८८ अर्ब रुपियाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा ४ खर्ब ३३ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा अघिल्लो साता ४ अर्ब २९ अर्ब रुपयाँ थियो भने निक्षेप ४ खर्ब ८७ अर्ब रहेको छ । गत १८ भदौसम्ममा विकास बैंकहरुको निक्षेप संकलन अघिल्लो साताको तुलनामा ०.२९ र कर्जा ०.८७ प्रतिशतले बढेको देखिएको छ ।
सो अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको निक्षेप ४ खर्ब १६ अर्ब छ भने कर्जा ३ खर्ब ६५ अर्ब रहेको छ । यस अविधिमा राष्ट्रिय स्तरका विकास बैंकको निक्षेप १ अर्ब ६६ करोडलेबढेको छ भने कर्जा ३ अर्ब ३७ करोड रुपियाँले बढेको देखिएको छ ।
उक्त अवधिमा क्षेत्रीय स्तरका विकास बैंकहरुको निक्षेप भने २५ करोड रुपियाँले घटेको छ । क्षेत्रीय स्तरका विकास बैंकहरुको कर्जा प्रवाह भने १८ भदौसम्ममा ३६ करोड रुपियाँले बढेको पनि देखिएको छ ।





















प्रतिक्रिया