Logo

प्रमुख समाचार

उपत्यकामा ५६८ सहित देशभर १६४० जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७६७ जनाको पीसीआर परीक्षणमा १ हजार ३४७ र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९३ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १६१ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै निको हुने दर ९४। ८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।