Logo

अर्थ

ऋणीलाई कर्जाको ब्याजदर बढेको सन्देस दिंदै बैंकहरु, असोज १ देखि निक्षेपमा पनि ब्याज बढाउँदै



नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले चेपुवामा परेका बैंकहरुमा तरलता अभाव उच्च विन्दुमा पुगेको छ । केहि महिनादेखि बैकरुको कर्जा लागानी बढ्नु निक्षेप संकलन घट्नुले तरलता अभाव बढेको हो ।

तरलता अभाव हुँदा निक्षेपकर्ताहरुलाई बैंकले तानातान गर्ने स्थिति बनेको छ । उनिहरुले निक्षेपमा ब्याजदर बढाउने घोषणा गरिसकेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउन २१ गतेदेखि भदौ २१ गते (एक महिना) सम्म बैंक तथा वित्त कम्पनीहरूमा १३ अर्ब रुपैयाँले निक्षेप संकलन घट्दा १ खर्ब १४ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको छ । गत साउन २१ गते बैंक तथा वित्त कम्पनीले ४६ खर्ब ८७ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७७ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

कर्जा लगानी मात्रै बढ्ने र ठूलोमात्रामा निक्षेप संकलन गनुपर्ने हुँदा ब्याजदर बढाउनुपर्ने बाध्यता आईलागेको एक बैंकर बताउँछन् । उनका अनुसार निक्षेपमा ब्याजदर बढेपछि कर्जामा पनि स्वतः ब्याजदर बढ्ने नै भयो ।

औपचारिक निर्णय नभएपनि बैंकहरुले अहिले ऋणीहरुलाई धमाधम ब्याजदर बृद्धि भएको संन्देस पठाउन थालिसकेका छन् । अहिले निक्षेपमा कम ब्याज पाइने हुँदा अधिकांशले पैसा सहकारी वा अन्य क्षेत्रमा लगिरहेका छन् । जसका कारण बैंकहरु तरलता अभावबाट गुज्रिएका छन् । बैकहरुले ६८ अर्ब रुपैंयाँ राष्ट्र बैंकसँग सापटी माग गरेपनि भनेजति पाउन सकेका छैनन् ।

आवश्यकता अनुसार स्रोत संकलन गर्न नसक्ने बैंकहरुले अहिले निक्षेपकर्ता आकर्षित गर्न ब्याजदर बढाउनु पर्ने बाध्यता भएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए । उनका अनुसार थप स्रोत संकलन नगरी कर्जा दिन अधिकांश बैंकहरुको सीडीडी सीमामा पुगेका छन्, यस्तो अवस्थामा निक्षेपकर्तालाई आकर्षित गर्नु नै बैंकहरुको अन्तिम विकल्प हो ।

बैंकहरुले निक्षेपमा दिने ब्याजदर घटाएपछि प्रणालीमा भएको पैसा अनौपचारिक क्षेत्रमा गएको अर्थविद्हरुको अनुमान छ । उनिहरुका अनुसार सहकारीमा बचतकर्ता बढ्नुले पनि यसको पुष्टि गरेको छ ।

एक महिनाको अवधिमा वाणिज्य बैंकहरुमा १६ अर्ब रुपैयाँले निक्षेप घट्दा ९९ अर्ब रुपैयाँले थप कर्जा प्रवाह भएको छ । गत साउन २१ गते २७ वाणिज्य बैंकले ४१ खर्ब ४९ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३७ खर्ब २५ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । भदौ २१ गतेसम्म आइपुग्दा ४१ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकर्स संघले असोजदेखि लागू हुने गरी अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निश्चित भएको जनाएको छ । चालु आवको २ महिनामा बैंकहरुले गरेको निक्षेप संकलन र कर्जा प्रवाहको स्थितिले ब्याजदर बढ्ने संकेत गरेको संघका कार्यकारी अधिकृत (सीइओ) अनिल शर्माले जानकारी दिए । बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि कर्जाको ब्याजदर पनि स्वत बढ्ने शर्माले बताए ।

‘

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार ११:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।