विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्रि–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटीआर २०० ४भी को फर्स्ट इन क्लास राइडिङ्ग मोड्स, आरटि एफआई बिएस भिआई र एबिएस सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ।
उक्त सार्वजनिक कार्यक्रम आज २४ गते सोल्टी होटल काठमाडौंमा बिभिन्न मिडिया, सम्बन्धित व्यक्ति तथा सर्वशाधारणको भव्य उपस्थितिकाबीच गरियो ।

यस अवसर मा बोल्दै, टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष, श्री आर दिलीपले भने– ‘टिभिएस अपाचे श्रृंखला, संसारभरी रहेका हाम्रा ग्राहक र रेसिंग उत्साहीहरुका लागि नयाँ प्रविधिको कौशल प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण रहेको छ। सोहि कहानीलाई निरन्तरता दिदै, फस्ट इन सेगमेंट फिचर्स र प्रविधियुक्त रहेको नयाँ टिभिएस अपाचे आरटीआर २०० ४भी मोटरसाइकल नेपालमा प्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं र आशा गर्दछौं कि यस नयाँ मोडलले हाम्रा नेपाली ग्राहकहरु लाई थप उत्साहित र खुशी बनाउँनेछ ।’
यसैगरी उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा, जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले भने, ‘नेपाली ग्राहकहरुले सधै नै टिभिएस अपाचे सिरिजको रेस एडिसनलाई सधैं नै रुचाएका छन् । र यो नयाँ एडिसनको रेस मेसिनले ग्राहकवर्गमा थप उत्साह ल्याउनेमा हामी आशावादी रहेका छौं र टिभि।स् मोटर कम्पनीले सधैं ग्राहकको उच्चतम ड्राइभिङ्ग अनुभवका लागि आफ्ना उत्पादनहरुमा उच्चस्तरीय र नविन प्रविधिको प्रयोग गर्ने प्रणालीको हामी एकदमै सरहाना गर्न चाहान्छौं ।’

टिभिएस अपाचे आरटीआर २०० ४भी विथ फर्स्ट इन् क्लास राइड मोड्सको बारे कुरा गर्नुपर्दा यसमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तिन ओटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ ।
यो मोटरसाइकलमा अब पहिलाको भन्दा फरक फर्स्ट इन् सेगमेन्ट एड्जस्टेबल सस्पेन्सन सहित आएको छ । उच्चतम प्रस्तुति दिन सक्षम शोआ फ्रन्ट सस्पेन्सनको प्रि–लोडेड एड्जस्ट्मेन्टले चालकलाई प्लुस राइड र ट्रयाक राइड कुन मा कुदाउने भनेर रोज्ने अवसर प्रदान गर्दछ भने नयाँ पछाडिको शोआ सस्पेन्सनले ट्रयाक मोटरसाइकल कुदाउँदा गज्जबको अनुभव प्रदान गर्दछ । यो मोटरसाइकल ३–स्टेप एड्जस्टमेन्ट सहित एड्जस्टेबल ब्रेक तथा क्लच
लिभर सहित उपलब्ध छ जसलाई विचको औंलाले कन्ट्रोल गर्न एकदमै सजिलो रहेको छ ।
त्यस्तै सिङ्गल चेनल ए.बि.एस सहित यसको ब्रेकिङ्ग प्रणालीमा व्यापक सुधार भएको हुनाले यो मोटरसाइकल अधिक सुरक्षित बनेको छ । हाल यो मोटरसाइकल ग्लस ब्लाक, पर्ल वाइट र नयाँ म्याट ब्लु गरेर ३ ओटा फरक रंगमा उपलब्ध हुनेछ । जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।
नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा स्पेर्स पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।





















प्रतिक्रिया