मेगा बैक नेपालले प्रबद्र्धन गरेको मेगा म्युचुअल फण्ड अन्तर्गत बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१” बाँडफाँड भएको छ । उक्त फण्ड प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाईमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम पन्ध्र प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक नेपालको लागि सुरक्षित राखिएको थियो ।
न्यूनतम ८ करोड ५० लाख इकाईको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप सामुहिक लगानी कोष इतिहासमा सबैभन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम गर्दै १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरिदका लागि आवेदन परेको छ । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी हो ।
मागभन्दा अधिक इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य १० रुपैयाँ दरको १२ करोड ५० लाख रुपैयाँ इकाईहरु अर्थात १ अर्ब २५ करोड रुपैयाँ बराबरको योजनाको आकार निर्धारण गरी बाँडफाँड गरिएको छ । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ ।
धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँड तालिका अनुसार रितपूर्वक प्राप्त आवेदन मध्ये १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १,५५,८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको, ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४३६,३३० इकाई बाँडफाँड गर्नुका साथै बाँकि रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको छ ।
मेगा क्यापिटल मार्केट्स लिमिटेडले आफुप्रति देखाएको विश्वासले अझै शसक्त ढंगले अगाडि बढ्न हौसला मिलेको भन्दै मेगा म्युचुअल फण्ड–१ प्रति देखाएको विश्वासको उच्च कदर र सम्मान गर्दै आउँदा दिनहरुमा उच्च प्रतिफल, जोखिम व्यवस्थापन तथा उच्चस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।





















प्रतिक्रिया