नेपाल राष्ट्र बैंकले गैर कानुनी मानिएको क्रिप्टो करेन्सीको कारोबार वा माइनिङ नगर्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएको प्रष्ट्याउँदै यसको कारोबार नगर्न आग्रह गरेको हो ।
राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ सम्बन्धि कार्य गरेको पाईएमा कारवाहीसमेत गर्ने चेतावनी दिएको छ । उसले विदेशी मुद्रा बिनिमय ऐन अनुसार मुद्रा अपचलनको मुद्दा लाग्ने जनाएको छ ।
पछिल्लो समय क्रिप्टो करेन्सीको कारोबारहरु बढ्दै गएको र यस कार्यमा संलग्न बढाउन प्रोत्साहित गर्न थालेको घटना बढेको भन्दै राष्ट्र बैंकले यसबाट टाढै रहन पनि अपिल गरेको छ ।
कयौं देशमा क्रिप्टो करेन्सी वैधानिक रुपमा कारोबार गर्न छुट भएपनि नेपालमा यसबारे कुनै अध्ययनअनुसन्धान भएको छैन । राष्ट्र बैंकले मात्रै गैर कानुनी भनि ब्याख्या गरेको छ । तर नजिकैको छिमेकी मुलुक भारत र चीनमा पनि क्रिप्टो करेन्सि प्रतिबन्ध नै छ ।





















प्रतिक्रिया