Logo

अर्थ

सिटिजन्स बैंकका ग्राहकले ‘ग्रोडेली अनलाइन’बाट सामान खरिद गर्दा विषेश छुट



सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले ग्रोडेली अनलाइनबाट सामान खरिद गरे छुट पाउने भएका छन् । यसका लागि सम्झौता समेत भइसकेको छ । बैंक र ग्रोडेलीबीच अनलाइनबाट सामान खरिद गर्दा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले ग्रोडेलीमार्फत् अनलाइन अर्डर गरी क्यूआर कोडमार्फत् भुक्तानी गर्दा छुट पाउनेछन् । ग्रोडेली नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित कम्पनी हो ।

सिटिजन्स बैंकले मोबाइल बैंकिङमा दर्ता नभएका ग्राहकका लागि घरमै बसी निःशुल्क मोबाइल बैंकिङमा दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ । सिटिजन्स बैंकको मोबाइल बैंकिङमार्फत् खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्डको लागि आवेदन र मुद्दती खाताको आवेदन दिन सकिने जानकारी बैंकले दिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १२:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।