कुमारी बैंकले साँखु स्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ । अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुननसक्ने भएकाले फिल्ट्रेसन प्रणाली जडान गरिदिएको बैंकले जनाएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका ध्यान केन्द्रित क्षेत्रहरुमा शिक्षा एक महत्वपूर्ण स्तम्भ रहेको बैंकले जनाएको छ । यस लक्ष्य अनुरुप राष्ट्रको दिगो विकासको लागि जनताको जीवनमा परिवर्तन ल्याउन एक प्रेरक शक्ति शिक्षा रहेको छ ।
यस खानेपानी फिल्ट्रेसन प्रणाली जडान गतिविधि लगायत पूर्वाधार विकासका विविध कार्यहरुमा सहयोग पुर्याउँदै आएको बैंकले आगामी दिनहरुमा समाजको दिगो शैक्षिक विकासको प्रवद्र्धनमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ ।





















प्रतिक्रिया