Logo

खेलकुद

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र ओमान भिड्दै



आइसीसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल आज मंगलबार अपराह्न सवा ४ बजे हुनेछ ।

लिग–२ श्रंखलामा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालका युवा व्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपालले अमेरिकालाई पराजित गरेको हो ।

त्यसअघि नेपालले पपुवा न्युगिनी ९पीएनजी० विरुद्ध भएको दुई मैत्रीपूर्ण एकदिवसीय शृंखला आफ्नो पक्षमा २र० ले पारेको थियो ।
ओमान नेपालविरुद्ध सहज जितको खोजीमा छ । ओमान यसअघिका १० खेलमा १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार ११:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।