Logo

प्रमुख समाचार

थपिए १,०६६ कोरोना संक्रमित, निको भए १२३४



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार नेपालमा पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८,५४० जनाको पीसीआर परीक्षणमा ८,३५ र एन्टिजेन विधिबाट २,८१८ जनाको गरिएको परीक्षणमा २३१ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा हाल २५,०८२ जना सक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको कुल संख्या ११ हजार २८ पुगेको छ।

१,२३४ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा थप २५६ जना संक्रमित थपिएका छन्। काठमाडौंमा २४३ जना र भक्तपुरमा १३ जना संक्रमित थपिएका भने ललितपुरमा संक्रमितको संख्या जिरो रहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार १७:३५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।