Logo

प्रमुख समाचार

स्वास्थ्य राज्यमन्त्रीले पहिले सरुवा गरे त्यसपछि…



स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेको २ महिनामा नीतिगत निर्णय गर्ने भन्दा पनि कर्मचारी सरुवामै रमाएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफैले गरेका निर्णय एपछि अर्को गर्दै उल्ट्याउन थालेका छन्।

पछिल्ला पटक उनले राष्ट्रिय ट्रमा सेन्टरका तत्कालीन निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. सन्तोष पौडेललाई कान्ति अस्पतालमा सरुवा गर्ने तीन दिनअघिको आफ्नै निर्णय बदर गरेका छन्।

ट्रमाको निमित्त मेसु रहेका डा. पौडेललाई २९ भदौमा राज्यमन्त्रीस्तरको निर्णयबाट हटाइ कान्ति बाल अस्पताल सरुवा गरिकामा ट्रमा सेन्टर नै तानिएको भनिएको थियो। डा. पौडेललाई शुक्रबार अर्को पत्र थमाउँदै राज्यमन्त्री श्रेष्ठले तीन दिनअघि आफैंले गरेको निर्णय बदर गरेका हुन्।

पौडेललाई थमाइएको पत्रमा भनिएको छ, ‘२९ भदौको निर्णय अनुसार कान्ति बाल अस्पतालमा सरुवा गरी ट्रमा सेन्टरमा काम काज गर्न खटाइएकोमा उक्त निर्णय १ असोजको राज्यमन्त्रीस्तरको निर्णय अनुसार बदर भएको व्यहोरा अनुरोध छ।’

राष्ट्रिय क्षयरोग केन्द्रमा निर्देशक रहेका डा. अनुज भट्टचनलाई कर्णाली प्रदेशमा सरुवा गरेका श्रेष्ठले सो निर्णय पनि फिर्ता लिएका छन्। उक्त सरुवा समायोजन ऐन विपरीत थियो।

त्यसैगरी मन्त्रालयको समन्वय महाशाखा प्रमुखमा डा. विवेककुमार लाल र सार्क क्षयरोग केन्द्रमा रीता भण्डारी जोशीलाई दिने निर्णयबाट पनि राज्यमन्त्री श्रेष्ठ पछि हटेका छन्।

डा. विवेकलाई परिवार कल्याण महाशाखा र जोशीलाई समन्वय महाशाखामा जिम्मेवारी दिइएको छ। ११औं तहको सरुवा राज्यमन्त्रीले गर्न नमिल्ने नियम भएपनि कोभिड–१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनीलाई नियुक्त गरेपछि पनि पत्र फिर्ता लिनु परेको थियो।

त्यसैगरी दरबन्दी खाली नहुँदै राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका नेपाल चिकित्सक संघका महासचिव समेत रहेका डा. बद्री रिजालको सरुवा पनि विवादित बनेको छ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार १८:३३   :  बजे

471
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।