देशैभर पछिल्लो २४ घण्टामा थप सात सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सात सय ३४ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १० हजार १३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
सात हजार ३ सय ४ जनाको पिसिआर परीक्षण र दुई हजार सात सय ९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल २४ हजार ३१३ जना सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।
एक हजार चार सय १३ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया