Logo

प्रमुख समाचार

१ हजार ४ सय ७८ थपिए कोरोना संक्रमित



नेपालमा १,४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३,९३० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १,०५१ र एन्टिजेन विधिबाट २२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६३० जना कोरोना निको भएका छन् । कोरोना बाट ६ जनाको निधन भएको छ ।

नेपालमा सक्रिय संक्रमितको कुल संख्या २१,१३९ जना रहेका छन् भने १९,८०५ जना होम आइसोलेसनमा, १,३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयूमा र ११९ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १६:४९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।