Logo

uncategorized

नेपाल समूहले छिट्टै एमाले क्याप्चर गर्ने, या विद्रोह गर्ने अध्यक्ष दाहालको दाबी



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले छिट्टै एमाले क्याप्चर गर्ने सनसनीपूर्ण खुलासा गरेका छन् । माधव नेपाल र झलनाथहरुले एमाले क्याच्पर नगरे छिट्टै त्यहाँ विद्रोह गर्ने पनि उनको दाबी छ ।

बुटवलमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले आन्दोलनको क्रममा आफू र माधव नेपाल देश दौडाहमा धेरै पटक सँगै निस्केको सुनाउँदै भावनात्मक सम्बन्ध बलियो भएको सुनाउँदै यस्तो बताएका हुन् ।

उनले अब आफ्नै खुट्टामा उभिने भन्दै संगठन बलियो बनाउनतिर सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने,”टेक्नु त आफ्नै खुट्टामा टेक्नुपर्ने रहेछ । बद्मासीहरुसँग होईन् । मलाई पश्चात् छ, मैले कस्तालाई मन्त्री बनाएँ, प्रचण्डलाई प्रचण्ड बनाउने साथीहरुलाई मन्त्री बनाएको भए, यो दिन त देख्नुपर्दैन ।”

उनले बादललाई बद्मासको संज्ञा दिए । उनले अब माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु नफर्किएपनि हुने बताए । उनले भने,”भो ती फर्किनुपर्दैन् । अब ती आउनुपर्दैन् । तर, ती यहाँ आएर रोए भने म पग्लिन्छु क्या ।

रियल साथीहरु अन्यायमा परेका छन् । म पनि शिक्षा लिँदैछु । तर, मलाई लाग्छ, दुई तीन वर्ष मेहनत गर्ने हो भने देशको नम्बर वान पार्टी बनाउने तागद छ । आँफै मेहनत गर्ने हो । म अब काठमाडौं धेरै बस्द्नि , संगठन बनाउनको लागि अब ।”

प्रकाशित मिति : फाल्गुन २८, २०७७ शुक्रबार  ३ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।