काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा विराटनगरमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
सभामा कम्पनीका सञ्चालक, शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारीलगायतकको उपस्थिति थियो ।
साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि.को लेखा परीक्षकको प्रतिवेदनसहितको ०७९ पुस ६ गतेको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ ।
त्यस्तै साधारणसभाले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि.को लेखा परीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका अनुसूची माथि छलफल गरी पारित गरेको छ ।
सभाले आर्थिक बर्ष २०८०/०८१ को लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी चार अर्ब चवन्न करोड पचपन्न लाख बहत्तर हजार एक सयको १०.२६ प्रतिशतका दरले हुने छयालिस करोड त्रिसठ्ठी लाख पचहत्तर हजार छ सय सन्तानब्बे बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै बोनस शेयर वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गरी ५ अर्ब एक करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ पु¥याउने प्रस्ताव पारित गरेको छ । साधारणसभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँको २४.७४ प्रतिशतका दरले हुने रकम एक अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँ नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।




















प्रतिक्रिया