Logo

सुरक्षा/अपराध

कटुवा पेस्तोल सहित पक्राउ तथा भरुवा बन्दुक बरामद 



रुपन्देही, मर्चवारी गाउँपालिका-७ कन्चनापुरबाट १ थान कटुवा पेस्तोल सहित सम्मरीमाई गाउँपालिका-७ बेतकुइया बस्ने २४ वर्षीय सुरज हरिजन समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ एन ४९४८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपिप्रहवा र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले जाँच गर्दा उक्त पेस्तोल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

नुवाकोट, ककनी गाउँपालिका-२ सानो चित्रेस्थित बारीबाट बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त बारीमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रानिपौवाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान   गरिरहेको स्थानीय प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार १३:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।