उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र शेरबहादुर देउवाले सरकारले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी गरेका छन्।
अनेम संघले शनिबार काठमाडौंमा गरेको महिला अगुवाहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महिला अधिकारको कुरा गर्ने तर अधिकार स्थापित हुन नदिने योजनामा उनीहरु भएको आरोप समेत लगाएका छन्।
कम्युनिष्ट हुँ भन्ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिएर कहिलेही नथाक्नेहरुनै महिला अधिकार र सुरक्षाको विरुद्धमा अग्रपंक्तिमा उभिएको उनको भनाइ छ। अध्यादेश टेबल गर्न नदिएर उनीहरुले कुकर्म गरेको भन्दै उपप्रधानमन्त्री पोख्रेलले त्यसविरुद्ध विरोध र भत्र्सनाको प्रस्ताव सभाबाट पारित गराउन पनि नेतृहरुलाई सुझाव दिएका छन्।




















प्रतिक्रिया