Logo

नियम विपरीत सेयर बेच्ने हिमालयन डिष्टिलरीकी पूर्व सञ्चालक शाहलाई ७५ हजार जरिवाना, १० वर्ष सिईओ हुन नपाउने



धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन डिष्टिलरीकी पूर्व सञ्चालक रहिशा शाह श्रेष्ठलाई कारबाही गरेको छ । उनले नियम विपरीत सेयर बिक्रि गरेको पुष्टि भएपछि सेबोनले उनलाई कारवाही गरेको हो । सेबोनले उनलाई जरीवाना स्वरुप ७५ हजार रुपैया तिराउने निर्णय गरेको छ । साथै उनलाई धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा १०८ बमोजिम अब कुनैपनि सूचिकृत संस्थाको १० वर्षसम्म सञ्चालक वा कार्यकारी प्रमुख हुन नपाउने गरी कारवाही गरीएको छ । 

पूर्व सञ्चालक शाहले नियम विपरित चैत ६ गते २ लाख १३ हजार १८३ कित्ता सेयर २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँ बराबरको धितोपत्र दलाल व्यवसायी श्री इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि.बाट बिक्री गरेकी थिइन् ।

नेपाल स्टक एक्सचेन्जमा हिमालयन डिस्टिलरीको ५७ लाख ८४ हजार ६८३ कित्ता सेयर सूचिकृत छ । जसबाट उनले २ लाख १३ हजार १८३ कित्ता सेयर नियम विपरीत बिक्रि गरेकी  थिईन । उनले नियम अनुसार एकदिनमा ५ करोड रूपैयाँ भन्दा बढिको कारोबार गर्न नपाइने भएपनि २७ करोडको सेयर एकैदिन बिक्री गरेकी थिइन ।
उनले सञ्चालक समितिको सदस्यबाट नियम विपरीत व्यत्तिगत कारण देखाएर एक वर्ष पहिला नै राजीनामा दिएकी थिईन् । उनलको राजीनामा अघिल्लो वर्ष भदौ २५ गते सञ्चालक सकितिको बैठकले स्वीकृत गरिदिएको थियो । भने ३० गते नेप्सेमा जानकारी गराएको थियो । यसो त उनले राजीनामा दिएका १ वर्ष अर्थात भदौ २५ गतेसम्म आफ्नो नाममा रहेको सेयर बिक्रि गर्न पाउँदिनन् । 

यता सेबोनले ब्रोकर नेपाललाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) विपरीत कारोबार गरेकोमा १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जानकारी गराएको छ ।

 

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार  ११ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।