गत माघ १८ गतेदेखि दोस्रो बजारमा कारोबार रोक्का गरिएको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर कारोबार सोमबारदेखि फुकुवा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आवश्यक कागजपत्र नबुझाएको र तथ्यांक अध्यावधिक नगरेको भन्दै दोस्रो बजारको कारोबार रोक्का गरेको थियो ।
कम्पनीले २०७५, ७६ को वित्तीय विवरण, अन्य त्रैमासिक एवं अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेवसाइटमा लगानीकर्ता र सरोकारवाला निकायले अध्ययन गर्न सक्ने गरी पठाउने प्रतिबद्धता गरेकाले कारोबार फुकुवा गरिएको नेप्सेले बताएको छ ।





















प्रतिक्रिया