Logo

सुरक्षा/अपराध

धनुषाको पेट्रोल पम्पबाट नगद ६ लाख लुटपाट



धनुषाको बिदेह नगरपालिका-७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर(पेट्रोल पम्प) बाट नगद ६ लाख रुपैयाँ गएराति लुटपाट भएको छ ।

अन्दाजी ६र७ जना अपरिचित व्यक्तिले उक्त आयल स्टोरको ढोका फोडी आयल स्टोरको संचालक बिदेह नगरपालिका-८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा रहेको उक्त नगद लुटी फरार भएको प्रहरीले बताएको छ ।

उक्त घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी गिद्दा एंव सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १६:०५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।