Logo

बैंकिङ

इन्भेष्टमेन्ट बैंकले चार अर्बको ऋणपत्र जारी गर्ने, सेबोनमा दियो आवेदन



नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्बको ऋणपत्र ल्याउने भएको छ । बैंकले ऋणपत्र निष्कासनको लागी नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । बैंकले ८.५ प्रतिसतको प्रतिफल दिनेगरी ऋणपत्र निष्कासनका लागि हिजो मंगलबार निवेदन दिएको हो ।

बैंकले सात वर्षे अवधिको ४० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डको अनुमति मागेको हो । बैंकले प्रतिएकाइ एक हजार रुपैयाँ दरका ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्ने जनाएको छ ।

इन्भेष्टमेन्ट बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार  १ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।