मंगलबार पनि सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ भने केही मात्रामा बढेको छ । सुनको भाउ साताको पहिलो दिन आइतबारदेखि नै स्थिर रहेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँ तोकिएको छ । आइतबार भने सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि भएको थियो ।
मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । त्यस्तै सोमबार सुनको मूल्य स्थिर रहँदा चाँदीमा ५ रुपैयाँ प्रति तोलाले वृद्धि भएको छ ।
प्रतिक्रिया