Logo

प्रवास

२०२३ का लागि डिभी आवेदन खुल्यो



डिभी २०२३ को आवेदन खुलेको छ । नेपाली समय अनुशार आज बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । न्युयोर्क समय अनुशार अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ ।

डिभी विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् । यसपटक बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, डिभी भर्न पाउने छैनन् । त्यसैगरि, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् । तर मकाउ र ताइवानका भने योग्य हुनेछन् ।

डिभीका लागि योग्य नभएका देशका नागरिकको दम्पत्ति योग्य देशको भएको खण्डमा त्यस्ता व्यक्ति डिभीका लागि योग्य हुनसक्नेछन् । त्यस्तै बुबाआमामध्ये एक कुनै योग्य देशमा जन्मिएको भएमा पनि छोराछोरीहरुले उक्त देशको आधारमा डिभी भर्न सक्नेछन् । डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ । डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार