Logo

बैंकिङ

वाणिज्य बैंकले घटायो व्यावसायिक कर्जाको अधिकतम प्रिमियम दर



राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सम्पूर्ण व्यावसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ ।  
 
बैंकले नयाँ तथा पुराना ग्राहकहरूको लागि व्यावसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो । 
 
बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालुपूँजी जस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको छ । 
बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको छ । 
 
बैंकले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी प्रिमियम दर घटाएको हो ।
 
         
 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १९:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।