Logo

बैंकिङ

नेपाल बैंकले ३ सय जनालाई विना ब्याज ऋण दिने



नेपाल बैंक लिमिटेडले ३ सय जनालाई विना ब्याज ऋण दिने भएको छ ।  राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिकाको जमानीमा बैंकले जनही ३ लाखका दरले व्यावसायिक कर्जा दिने भएको हो । 

यसरी विना ब्याज ऋण दिनका लागि मंगलबार बैंक र नगरपालिकाबिच कर्जा प्रवाहको सहमति भएको थियो ।  

यस्तो सहमति बैंक र नगरपालिकाको संयुक्त आयोजनामा ७ दिन ‘सहुलियतपूर्ण कर्जा सहजीकरणको लागि उद्यमशीलता तथा वित्तीय साक्षरता (जीवाईबी/एसवाईबी) ’तालिम कार्यक्रम सञ्चालन गर्ने र सो कार्यक्रम पश्चात् तालिमप्राप्त ३०० जनालाई नगरपालिकाको जमानीमा बैंकले विना ब्याज कर्जा प्रवाह गर्ने सहमति भएको छ । 

राजधानीमा मङ्गलवार देखी जारी सो तालिममा १० समूहमा ३७० जना नगरवासी युवाहरूको सहभागिता रहेको चाँगुनारायण नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार १५:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।