Logo

प्रमुख समाचार

रुवी खानलाई असोज २८ गते सर्वोच्चमा उपस्थित गराउन आदेश



काठमाडौं । सर्वोच्च अदालतले प्रहरीद्वारा गैर न्यायिक हिरासतमा राखिएकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन आदेश दिएको छ । अधिवक्ता समेत रहेकी मानवअधिकारकर्मी मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मंगलबार यस्तो आदेश दिएको हो ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले असोज २८ गते खानलाई लिखित जवाफ सहित सशरीर अदालतमा उपस्थित गराउन बाँके जिल्ला अदालत, बाँके सरकारी वकिलको कार्यालय, बाँके प्रहरी कार्यालय र काठमाडौँ प्रहरी कार्यालयलाई आदेश दिएको हो ।

बाँके नेपालगञ्जका दुई महिलाको शङ्कास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै २० दिन पैदलयात्रा गरेर १२ जना काठमाडौँ आएका थिए । असोज २२ गते माइतीघर मण्डलामा प्रशासनलाई जानकारी दिएर धर्ना बसिरहेका बेला १२ जनालाई पक्राउ गरे पनि ११ जनालाई छोडेर रुवीको बारेमा जानकारी दिइएको थिएन । आइतबार अधिकारकर्मी अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् तर जिल्ला प्रहरी कार्यालय काठमाडौँले अदालतलाई स्पष्ट जवाफ नदिएपछि उनले मंगलबार रुवीको रिहाइका लागि पूरक रिट दायर गरेकी थिइन् ।

प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार  ७ : ४३ बजे

804
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।