Logo

प्रमुख समाचार

मोहन वैद्यलाई भेट्न अस्पताल पुगे प्रचण्ड, यस्तो छ अवस्था



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणलाई भेट्न अस्पताल पुगेका छन् । पार्टीको स्थायी कमिटीको बैठक सकिनासाथ प्रचण्ड किरणलाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि वैद्यलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । वैद्य लामो समयदेखि दमको बिरामी छन् । प्रायः जाडोमा उनको स्वास्थ्यमा समस्या आउने गरे पनि यसपालि भने जाडो सुरु नहुँदै दमले सताएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि केही दिनदेखि उनी घरमै अक्सिजनको सहायतामा उपचाररत थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार १४:३८   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।