Logo

सुरक्षा / अपराध

गाई गोठमा तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ



पर्सागढी नगरपालिका-९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बडनियार बस्ने ३० वर्षीय कोशिया ठाकुर लगायत १९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त गोठमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले नगद १ लाख ७१ हजार १ सय ३५ रुपैयाँ, ३ वटा मोटरसाइकल, २० थान मोबाइल, १ थान सादा चेक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : २५ बजे