Logo

कर्पोरेट फोकस

कोरोना विरुद्ध लड्न नेपाललाई विश्व बैंकको ८ अर्ब ७० करोड ऋण सहयोग 



विश्व बैंकले नेपाललाई कोरोना विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । 

बैंकको बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ, सुरक्षित र प्रभावकारी तथा समतामुलक वितरणमा सहयोग पुर्‍याउन सो रकम उपलब्ध गराउने भएको हो । यो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यामा खोप पुर्‍याउन सक्ने विश्व बैंकले जनाएको छ ।

कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन् ।

विश्व बैंकले गत चैतमा ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कोभिड १९ आपतकालिन प्रतिकार्य र स्वास्थ्य तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड १९ प्रतिकार्यमा विकास साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर थप वित्त सहयोग गर्ने निर्णय भएको बैंकको भनाई छ ।

शुक्रबार नै विश्व बैंकको बोर्डले अन्तर्राष्ट्रिय विकास संघ मार्फत बंगलादेशका लागी ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागी ६ करोड अमेरिकी डलर ५ करोड डलर र इनर्जी म्यानेजमेन्ट सहयोग कार्यक्रमको ३० लाख डलर सहयोग दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार  १ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।